त्रिविको व्यवस्थापन संकायको परिक्षा भदौबाट

२०७७ श्रावण ९ शुक्रबार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले भदौबाट व्यवस्थापन संकायको परीक्षा सञ्चालन गर्ने जनाएको छ । विश्वविद्यालय अन्र्तगतको व्यवस्थापन संकायको डीन कार्यालयले आज (शुक्रवार) एक सूचना जारी गर्दै स्नातकोत्तर तहको परीक्षा भदौ दोस्रो हप्तादेखि हुने जानकारी गराएको हो ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागी सरकारले जारी गरेको लकडाउनका कारण विभिन्न संकायका परीक्षा स्थगित गरिएका थिए ।

यस्तै स्नातक प्रथम, दोस्रो तथा सातौं तहका परीक्षाहरु भदौको तेस्रो हप्तादेखि सञ्चालन गरिने जनाइएको छ । वेबसाइटमार्फत  परीक्षा तालिका सार्वजनिक गरिने त्रिविले जनाएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार