१७ वर्षे किशोरीको कोरोना संक्रमणबाट मृत्यु

२०७७ श्रावण ९ शुक्रबार, विरगञ्ज । कोरोना भाइरसको संक्रमणबाट वीरगन्‍जमा १७ वर्षीया किशोरीको मृत्यु भएको छ ।

बारा परवानीपुर गाँउपालिका-४ की ती किशोरीको वीरगन्‍ज हेल्थ केयरमा परीक्षणका क्रममा आरडीटी पोजेटिभ आएपछि नारायणी अस्पतालको अस्थायी कोभिड गण्डक अस्पतालमा आइपुगेको केही क्षणमै उनको ज्यान गएको नारायणी अस्पतालका मेसु डा. मदनकुमार उपाध्यायले बताए ।

उनका अनुसार ती किशोरीको स्वाब बिहान संकलन गरेर परीक्षणका लागि पठाइएको थियो तर बेलुका आएको पीसीआर रिपोर्टमा कोरोना पोजेटिभ देखिएको छ भने ती किशोरीको पनि करिब २ घण्टाअघि मृत्यु भएको छ ।

उनले भने, “ती किशोरीलाई भाईरल ज्वरो देखिएको थियो ।”  त्यसैगरी ,  बिहान नारायणी अस्पतालको अस्थाई कोभिड अस्पतालमा उपचारर क्ममा वीरगन्‍ज ११, श्रीपुर रसीघाटकी ८५ वर्षीय महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार