२०७७ श्रावण १० शनिबार, एजेन्सी । इटालियन सिरी ए मा दोस्रो स्थानमा रहेको एटलान्टा एसी मिलानसँग बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा एटलान्टा मिलानसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
मिलानका लागि खेलको १४औ मिनेटमा हकान कल्हानोग्लुले गोल गर्दै शुरूवाती अग्रता दिलाएका थिए भने एटलान्टाका लागि डुभान जपाटाले खेलको ३४औ मिनेटमा बराबरी गोल गरेका थिए ।
यो बराबरीपछि एटलान्टा शिर्ष स्थानमा रहेको युभेन्टसलाई लिग जित्ने चुनौती दिन फेरी चुकेको छ । एटलान्टाको यो बराबरीपछि ३६ खेलमा ७५ अंक भएको छ भने एक खेल कम खेलेको युभेन्टसको ३५ खेलमा ८० अंक रहेको छ ।
युभेन्टस अब लिग उपाधिबाट एक जित टाढा रहेको छ । मिलानको भने यो सिजन राम्रो भएन । ३६ खेलपछि मिलानको ६० अंक छ र लिगमा छैठौ स्थानमा रहेको छ ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक
मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक
महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो