पिएसजीले जित्यो कोपा डे फ्रान्सको उपाधि

२०७७ श्रावण १० शनिबार, एजेन्सी । पिएसजीले कोपा डे फ्रान्सको उपाधि जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा पिएसजीले सेन्ट इटिनलाई १-० गोल अन्तरले पराजित गरेको हो । पिएसजीको जितमा नेइमारले निर्णय गोल गरेका हुन् । नेइमारले खेलको १४औ मिनेटमा गरेको गोल खेलको निर्णायक गोल गरेको थियो ।

त्यस्तै खेलमा खेलको ३१औ मिनेटमा इटीनका लोइक पेर्रिनले रातो कार्ड खादा इटीन १० खेलाडीमा सिमित भएको थियो । पेर्रिनले पिएसजीका एम्बाप्पेलाई लडाएपछि रातो कार्ड पाएका थिए । पिएसजीले उपाधि जितेपनि यस खेलमा एम्बाप्पेको इन्जुरीका कारण समस्यामा परेको छ । च्याम्पियन्स लिग खेल्नु अघि एम्बाप्पेको एन्कलमा इन्जुरी भएर उनी खेलको ३३औ मिनेटमा नै मैदान छोडेका थिए ।

पिएसजीले योसँगै कोपा डे फ्रान्सको उपाधि १३औ पटक जितेको छ । गतबर्ष रेन्नेसँग फाइनलमा पराजित भएको पिएसजीले फेरी कोपा डेको उपाधि जितेको छ । पिएसजी यो उपाधि सबै भन्दा बढी पटक जित्ने टिम हो ।

पिएसजी अगस्ट १३ मा इटालियन क्लब एटलान्टाविरुद्ध च्याम्पियन्स लिगको क्वाटरफाइनलमा खेल्दै छ । त्यस अघि अगस्ट एक मा कोपा डे ला लिगको फाइनलमा लियोनसँग खेल्ने तालिका पनि रहेको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार