भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३१ हजार नाघ्यो

२०७७ श्रावण १० शनिबार, एजेन्सी । छिमेकी भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ७५७ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कुल मृत्यु हुनेको संख्या ३१ हजार नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या ३१ हजार ३५८ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ४८ हजार ९१६ जना संक्रमित पुष्टि भएको छ । योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या १३ लाख नाघेको छ । भारतमा कुल संक्रमित १३ लाख ३६ हजार ८६१ पुगेको छ । यसका साथै भारत धेरै संक्रमित हुने देशको सुचीमा अमेरिका, ब्राजिलपछि तेस्रो स्थानमा रहेको छ ।

त्यस्तै भारतमा अहिलेसम्म ८ लाख ४९ हजार ४३१ जना ठिक भएका छन् भने ४ लाख ५६ हजार ७१ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् ।

त्यसैगरी विश्वभर कोरोना संक्रमितको संख्या एक करोड ५९ लाख ४५ हजार ३७ पुगेको छ भने मृतकको संख्या ६ लाख ४२ हजार ७७५ पुगेको छ । विश्वभर ९७ लाख ४२ हजार ८७९ जना कोरोना संक्रमित ठिक भएका छन् ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार