कारमैनले गरीन् महामारीबीच इन्गेजमेन्ट

२०७७ श्रावण १० शनिबार, एजेन्सी । अभिनेत्री शैली कारमैनले कोभिड— १९ महामारीबीच इन्गेजमेन्ट गरेकी छन्। उनले आफ्नो इन्गेजमेन्टलाई दुनियाँलाई आश्चर्यचकित पार्ने विषय भएको पनि बताएकी छन्। फिमेल फस्र्ट डटको डट यूकेको रिपोर्ट अनुसार, माई विक्ली म्यागेजिनलाई दिएको अन्तर्वार्तामा शैलीले आफूले कोरोनेसन स्ट्रिटका आफ्ना सहकलाकार जो डुट्टाइनसँग कसरी इन्गेज्मेन्ट भयो भन्ने बेलिबिस्तार लगाएकी छन्।

उनले भनिन्, ‘मैले लकडाउनको क्रममा इन्गेजमेन्ट गरें, जोका लागि एक सरप्राइज थियो। जोले मलाई आफ्ना बच्चासँग घुम्न लिएर गएका थिए। उनी ‘क्वाइनर्स’ का बारेमा कुरा गरिरहेका थिए जो सुक्खा पत्थरको ढोकामा जाली सिक्का लुकाउँथे र पछि त्यसलाई खोज्न लगाउँथे।’

उनले भनिन्, ‘उसले मलाई पनि सिक्का खोज्न लगाए। उसले मलाई किन सिक्का खोज्न लगाए भन्नेमा म पूरै अनभिज्ञ थिएँ। यस क्रममा मैले ढोकामा लुकाएर राखेको इन्गेजमेन्टको ‍औंठी भेट्टाएँ। यो सबै घटना मेरा लागि रमाइलो र सुन्दर थियो।’

मार्चमा शैलीले इन्स्टाग्राममार्फत आफ्नो इन्गेजमेन्टको खबर सेयर गरेकी थिइन्। उनले स्याम्पेन पिउँदै इन्गेजमेन्टको औंठी देखाएर एक तस्बिर पोस्ट गरेकी थिइन्। उनले यसको क्याप्सन दिएकी थिइन्, ‘यो त भयो है, साँच्ची।’ अहिले यसको वास्तविकता सार्वजनिक भएको छ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार