२०७७ श्रावण १० शनिबार, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार चार आदेशमा हस्ताक्षर गरेका छन् । जसमा औषधिको मूल्य घटाउने आदेश पनि रहेको छ ।
यो आदेशसँगै अमेरिकामा अब डाक्टरले लेखेको औषधि किन्न अमेरिकीहरुले कम पैसा खर्च गर्ने छन् । ट्रम्पको यो महत्त्वपूर्ण निर्णय कोरोनाका कारण भएको आलोचना र आगामी चुनाव लक्षित रहेको बताइन्छ ।
औषधि कम्पनीहरुसँगको वार्ता सफल भए आदेश कार्यान्वयन गर्न आवश्यक नपर्ने बताइएको छ । राष्ट्रपति ट्रम्पले भनेका छन्, “शीर्ष औषधि कम्पनीहरुका अधिकारीहरुले बैठकको लागि अनुरोध गरेका छन् । बैठकमा यसबारे चर्चा हुन सक्छ , उनीहरुले कसरी औषधिको मूल्य कम गर्न सक्छन् ।”
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
शाहिद : जाे सय फिल्ममा रिजेक्ट भएका थिए
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’