सहयोग जुटाउन २४ घण्टामा १० हजार पटक ‘बर्पी एक्सरसाइज’

२०७७ श्रावण १० शनिबार, काठमाडौं । कोरोना महामारीमा संकट झेलिरहेकाहरूलाई सहयोग गर्नका लागि एक युवकले १० हजारपटक बर्पी एक्सरसाइज गरेर रकम संकलन गर्ने घोषणा गरेका छन्।

यसबाट संकलन भएको रकम महामारीमा खानाको समस्या भएकाहरूलाई सहयोग गर्दै आएको संस्था तातो खाना सेवालाई दिने आयोजक टोनी प्रजापतिले जनाएका छन्।

“यस्तो समस्याको समयमा सबैले आफूले सकेको ठाउँबाट समस्यामा परेकाहरूलाई सहयोग गर्न चाहन्छ। म पनि महामारीमा परेकाहरूलाई सहयोग गर्नका लागि यसको आयोजना गरेको हुँ,” उनले भनेका छन्, “यसबाट संकलन भएको रकम तातो खाना सेवालाई उपलब्ध गराइने छ, जसले महामारीमा खाना खुवाउने सहयोग गर्दै आएको छ।”

प्रजापतिले २४ जुलाईमा २४ घण्टा समय लगाएर उक्त शारीरिक अभ्यास गरेर देखाउने छन्।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार