ठोरीमा वृद्धको शव फेला

२०७७ श्रावण १० शनिबार, विरगञ्ज । पर्साको ठोरी गाउँपालिका वडा नं.५ बाघमोर्चामा अन्दाजी ७५ वर्षिय एक वृद्धको शव फेला परेको छ ।

बाघमोर्चा मन्दिरको नजिकै फेला परेको शव केही वर्ष अघि देखि सोही स्थानका गाउँघरमा माँगेर जीविको पार्जन गर्दै आएका परिचय नखुलेका ती वृद्धको शव फेला परेको हो ।

स्थानीयको भनाई अनुसार उनी बाघमोर्चा मन्दिरमा सरसफाई गर्दै मन्दिर सहयोगीको रुपमा मन्दिर मैं बस्दै आएकी थिइन् । शव देखे पछि स्थानीयबासीले प्रहरीलाई खबर गरेको र शवको थप अनुसन्धानका लागि वीरगन्ज पठाईएको ईलाका प्रहरी कार्यालय ठोरी, पर्साका प्रहरी निरीक्षक अशोक साहले बताए ।

प्रहरीले स्थलगत निरीक्षण गरिसकेको र बिरगंज पुर्याए पछी थप जानकारी प्राप्त हुने प्रहरी निरीक्षक साहले बताए ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार