खोला थुनिएपछि जोखिममा परेकालाई सुरक्षित स्थानमा सारियो

२०७७ श्रावण १० शनिबार, गोरखा । पहिरोले गोरखाको नौली खोला थुनिएपछि जोखिममा परेकालाई सुरक्षित स्थानमा सारिएको छ । धार्चे गाउँपालिका–७ लापुस्थित मापुडाँडामा पहिरो खस्दा नौली खोला थनिएको हो ।

शुक्रबार रातिबाट माथिल्लो चिंगार डाँडा नै खसेर खोला थुनिएको वडाध्यक्ष सूर्यमान गुरुङले बताउनुभयो । उहाँका अनुसार हिजो बेलुकी सात बजेदेखि पहिरो खस्न शुरु गरेको हो । पहिरो खोलामा थुप्रिएपछि रातिदेखि खोला थुनिएको गुरुङले बताउनुभयो ।

खोला थुनिएसँगै लापुवेशीको बान्द्राङ, नौलीखोला र नयाँवस्तीदेखि झरनासम्मको गाउँका करिव ८० घरधुरी जोखिममा रहेको उहाँले बताउनुभयो । जोखिम वस्तीका स्थानीयलाई सुरक्षित स्थानमा लगेर राखिएको वडाध्यक्ष गुरुङले बताउनुभयो ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार