अफिमसहित चारजना दाङबाट पक्राउ

२०७७ श्रावण १० शनिबार, काठमाडौं । प्रहरीले अवैध लागूपदार्थ अफिमसहित चार जनालाई दाङबाट पक्राउ गरेको छ । दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दले कालोपदार्थ जस्तो देखिने अफिमसहित चार जनालाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

पक्राउ परेका चारै जनालाई प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक समेत गरेको छ । बिशेष सूचनाका आधारमा भालुबाङबाट उनीहरुलाई अफिमसहितपक्राउ गरिएको एसपी चन्दले बताउनुभयो ।

पक्राउ परेकाहरुको साथबाट मोबाइल, सिमकार्ड, मोटरसाइकललगायत सामानहरु बरामद भएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार