बार्सिलोनाका लिजेन्ड जाभी कोरोना संक्रमित

२०७७ श्रावण १० शनिबार, एजेन्सी । बार्सिलोनाका लिजेण्ड जाभी हर्नान्डेज कोरोना संक्रमित भएका छन् ।

४० बर्षिय जाभीले आफुलाई कोरोना संक्रमण भएको जानकारी दिदै  आफुलाई सेल्फ आइसोलेट गरेको जानकारी दिएका छन् ।

हाल कतारको क्लब क्लब अल साडको म्यानेजर रहेका जाभीलाई पोजेटिभ देखिएपनि कुनै लक्षण भने नभएको बताएका छन् ।

जाभीले भनेका छन् – ‘केहि दिन अघि मेरो कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।  भाग्यवश म ठिक छु । तर स्वास्थ्य प्रोटोकलका कारण म यसबाट ठिक नभएसम्म आइसोलेसनमै रहने छु ।’

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार