न्याय मरेको आभाष भएको छ- कमल थापा

२०७७ श्रावण १० शनिबार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले न्याय मरेको आभाष भएको बताएका छन् ।

अध्यक्ष थापाले अहिले पूर्वडीआइजी रन्जन कोइरालालाई सर्वोच्च अदालतले सजाय घटाएको विषय आमरुपमा आलोचना भइरहेको बेला यस्तो प्रतिक्रिया दिएका छन् । सामाजिक संजालमा टिप्पणी गर्दिया अध्यक्ष थापाले समकालीन नेपाली ईतिहासमा अहिले जस्तो न्यायालय र न्यायमूर्तीहरुको निन्दा, बिरोध, भत्सर्ना कहिल्यै भएको थिएन भन्दै अहिले न्याय मरेको आभाष भएको बताएका छन् ।

अध्यक्ष थापाले यो अहिलेको अवस्था दलगत भागवण्डामा न्यायधीशको नियुक्ति, भ्रष्ट प्रवृत्ति र दण्डहीनताको परिणाम भएको बताउदै यो समग्र राजनीतिक प्रणालीकै कमजोरी भएको बताएका छन् । उनले अहिलेको बाटो गलत भएको भन्दै समयमै सच्याउने साहस गर्न अपिल गरेका छन् ।

उनले भनेका छन् – 

‘समकालीन नेपाली ईतिहासमा अहिले जस्तो न्यायालय र न्यायमूर्तीहरुको निन्दा, बिरोध, भत्सर्ना कहिल्यै भएको थिएन । न्याय मरेको आभाष भएको छ । दलगत भागवण्डामा न्यायधीशको नियुक्ति, भ्रष्ट प्रवृत्ति र दण्डहीनताको परिणाम हो यो । यो समग्र राजनीतिक प्रणालीकै कमजोरी हो । बाटो गलत छ । समयमै सच्याउने साहस गरौं ।’

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार