‘द कपिल शर्मा शो’मा पहिलो गेष्ट सोनु सूद

२०७७ श्रावण १० शनिबार, काठमाडौं । लामो समयको लकडाउनपछि चर्चित कमेडियन कपिल शर्माले आफ्नो कमेडी शो ‘द कपिल शर्मा शो’को सुटिङ सुरु गरेका छन्।

सुटिङमा फर्किएपछि कपिल खुसी त छन् तर कोरोनाको जोखिमका बीच सुटिङ सुरु गर्दा डर लागिरहेको उनकाे भनाइ छ।

लकडाउनपछिको पहिलो एपिसोडमा अभिनेता सोनु सूद गेष्टको रुपमा उपस्थित हुनेछन्। सोनुले लकडाउनका कारण मुम्बईमा अलपत्र परेका विभिन्न राज्यका मजदूरहरुलाई घर पठाउन सहयोग गरेका थिए। सोनुको उक्त कार्यको चौतर्फी प्रशंसा भइरहेको छ।

सुटिङका क्रममा स्वास्थ्य सुरक्षा सावधानी अपनाइएको कपिलले बताएका छन्। दर्शक बिना नै शो को सुटिङ गरिएको छ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार