काठमाडौँको दरबारमार्गमा आगलागी

२०७७ श्रावण १० शनिबार, काठमाडौं । काठमाडौँको दरबारमार्गस्थित राइजिंम मल अगाडि विद्युत् सर्ट भई आगलागी भएको छ । अव्यवस्थित रूपमा रहेका विद्युत् र टेलिफोनको तारमा शनिबार बिहान ११ः३० बजे आगलागी भएको हो ।

आगलागीबाट विद्युत् पोलसँगै जोडिएको घरमासमेत क्षति पुगेको छ। काठमाडौँ महानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको थियो । समयमै दमकल पुगेका कारण ठूलो क्षति हुन नपाएको प्रहरीले जनाएको छ ।

आगलागीका कारण के कति क्षति भयो भन्ने विवरण प्राप्त भइसकेको छैन ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार