सिरी ए मा इन्टर मिलान दोस्रो स्थानमा उक्लियो

२०७७ श्रावण ११ आइतबार, एजेन्सी । इटालियन सिरी ए मा इन्टर मिलान विजयी भएको छ । गएराती सम्पन्न खेलमा इन्टर मिलानले जनोवालाई ३-० गोल अन्तरले जितेको हो ।

इन्टरको जितमा रोमेलु लुकाकुले २ गोल गरे भने एलेक्सिस सान्चेजले एक गोल गरेका छन् । यो जितपछि उपाधिको दौड लगभग सकिएको भएपनि इन्टर मिलान लिगमा दोस्रो स्थानमा उक्लिएको छ ।

इन्टरको ३६ खेलपछि ७६ अंक छ । शिर्ष स्थानमा रहेको युभेन्टसको ३५ खेलमा ८० अंक छ भने उपाधि जितबाट एक जित टाढा रहेको छ । युभेन्टसले आज रति साम्पडोरियाको सामना गर्दै छ ।

लुकाकुले यस खेलमा २ गोल गरेसँगै यस सिजनमा २३ गोल गरेका छन् । इन्टरले लिगमा अब नापोली र एटलान्टाको सामना गर्ने छ ।

त्यस्तै जनोवाको भने लिगमा ३६ खेलमा ३६ अंक रहेको छ भने लिगमा १७औ स्थानमा रहेको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार