अमेरिकामा पछिल्लो २४ घण्टामा ६३,९५७ जना संक्रमित पुष्टि

२०७७ श्रावण ११ आइतबार, एजेन्सी । अमेरिकामा पछिल्लो २४ घण्टामा ८५० जनाको मृत्यु भएको छ । अहिलेसम्म अमेरिकामा मृत्यु हुनेको संख्या एक लाख ४९ हजार नाघेको छ । पछिल्लो अपडेट अनुसार अमेरिकामा ५० वटै राज्यमा गरि मृत्यु हुनेको संख्या एक लाख ४९ हजार ३४० पुगेको छ ।

पछिल्लो २४ घण्टामा अमेरिकामा ६३ हजार ९५७ जना संक्रमित पुष्टि भएका छन् । योसँगै अमेरिकामा संक्रमितको संख्या ४३ लाख १२ हजार २८४ पुगेको छ । अमेरिकामा अहिलेसम्म २० लाख ५५ हजार ७३१ जना ठिक भएका छन् भने सक्रिय संक्रमित २१ लाख ७ हजार २१३ जना रहेका छन् । त्यस्तै अमेरिकामा अहिले १९ हजार २३ जना आइसीयुमा उपचारत रहेका छन् ।

अमेरिकामा अहिलेसम्म न्युयोर्कमा मात्र मृत्यु हुनेको संख्या ३२ हजार नाघेको छ । न्युयोर्कमा ३२ हजार ६७९ जनाको मृत्यु भएको छ । त्यस्तै न्युयोर्कमा संक्रमितको संख्या ४ लाख ३९ हजार २८० जना संक्रमित भएका छन् ।

त्यस्तै न्यूजर्सीमा १५ हजार ८५९ जनाको मृत्यु भएको छ भने न्यूजर्सीमा अहिलेसम्म एक लाख ८४ हजार ७८७ जना संक्रमित भएका छन् । त्यस्तै मसाचुसेट्समा ८ हजार ५१० जनाको ज्यान गएको छ ।

त्यस्तै क्यालिफोर्नियामा ८ हजार ४२२, त्यस्तैगरि इलिनियोइसमा ७ हजार ५८९,  पेन्सिलभेनियामा ७ हजार १८७, मिचिगनमा ६ हजार ४००, फ्लोरिडामा ५ हजार ७७८, टेक्सासमा ५ हजार ६७, कोनेक्टीकटमा ४ हजार ४१३, लुसियानामा ३ हजार ७२० जना, जर्जियामा ३ हजार ४९५, मेरिल्याण्डमा ३ हजार ४३३, ओहियो ३ हजार ३०७, एरिजोनामा ३ हजार २८६, इन्डियानामा २ हजार ८९५ र भर्जिनियामा २ हजार ७५ जनाको मृत्यु भएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार