गिटारिस्ट पिटर ग्रीनको निधन

२०७७ श्रावण ११ आइतबार, एजेन्सी । फिल्टउड म्याकका सह संस्थापक र ब्लुज रक गिटारिस्ट पिटर ग्रीनको निधन भएको छ।

७३ वर्षीय ग्रीनको परिवारले एक विज्ञप्ती जारी गर्दै निद्रामा रहँदा पिटरले शान्त तरिकाले संसार छाडेको बताएको बीबीसीले उल्लेख गरेको छ।

सन् १९६७ मा फिल्टउड म्याक ब्यान्ड स्थापना गरेका ग्रीन त्यसबेलाका चर्चित गिटारिस्टमा पर्थे।

ग्रीनको मृत्यु भएको खबर सार्वजनिक भएपछि विश्वभरका संगीतकर्मीहरुले श्रद्धाञ्जली व्यक्त गरिरहेकाछन्।

 

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार