उत्तर कोरियामा कोरोना भाइरस संक्रमणको ‘पहिलो केस’ पुष्टि

२०७७ श्रावण ११ आइतबार, एजेन्सी । उत्तर कोरियामा उसले जानकारी गराए अनुसार कोरोना भाइरसका पहिलो संक्रमित भेटिएका छन्। उत्तर कोरियाको समाचार संस्था केसिएनएले गएको हप्ता दक्षिण कोरियबाट फर्किएका एक व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको जनाएको हो ।

तीन वर्षअघि देशद्रोहको अभियोग लागेका ती व्यक्ति तीन वर्ष पहिले दक्षिण कोरिया गएका थिए। नेता किम जोङ्ग–उनले उच्च अधिकारीसँग बैठक गरेका छन् । उनले केइसोङ्ग शहरसँग जोडिएको सीमा क्षेत्रमा लकडाउन लागु गरेको केसिएनएलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यसअघिसम्म उत्तर कोरियाले आफ्नोमा कोरोना भाइरसको संक्रमण नदेखिएको बताएको थियो, तर विश्लेषकले भने सो कुरा सत्य नरहेको बताउँदै आएका छन् । शनिबार भएको पोलिटब्यूरो बैठकमा नेता किमले भाइरसको संक्रमण नियन्त्रणमा लिनका लागि उच्चतम तहको आपतकालीन अवस्था लागु गर्न आदेश दिएको जनाइएको छ ।

यस्तै संक्रमण देखिएका व्यक्ति कडा सीमा सुरक्षाबिच कसरी स्वदेश प्रवेश गर्न सफल भए भन्नेबारे छानबिन गर्न किमले आदेश पनि दिएका छन् ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार