कोरोना देखिएका भारतीय नागरिकको वीरगञ्जमा मृत्यु

२०७७ श्रावण ११ आइतबार, विरगञ्ज । आरडीटी परीक्षणमा कोरोना भाइरसको संक्रमण देखिएका एक वृद्धको वीरगञ्जमा उपचारको क्रममा आइतबार बिहान निधन भएको छ । उनको पीसीआर विधिबाट परीक्षणका लागि स्वाब संकलन गरिएको भए पनि रिपोर्ट आइसकेको छैन।

६५ वर्षका ती वृद्धको अस्थायी कोरोना विशेष गण्डक अस्पतालमा आइतबार बिहान उपचारको क्रममा निधन भएको डा. निरज सिंहले जनाकारी दिएका छन् ।

मधुमेहबाट ग्रसित भएका ती वृद्ध वीरगञ्जको आदर्श नगरमा व्यापार गरी बस्ने भारतीय नागरिक रहेको र स्वासप्रस्वासमा समस्या देखिएपछि शनिबार राति अस्पताल भर्ना भएको डा. सिंहले बताए। उनलाई भेनिटलेटरमा राखेर उपचार गरिएको थियो। तर बिहान निधन भयो।

पीसीआर विधिबाट गरिएको परीक्षणको रिपोर्ट आएपछि मात्रै उनको शव व्यवस्थापनको काम हुने जनाइएको छ । नेपालमा अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट ४५ जनाको ज्यान गएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार