प्रिमियर लिगमा आज शीर्ष चार खेल हुँदै

२०७७ श्रावण ११ आइतबार, एजन्सी । इङ्लिस प्रिमियर लिगमा आज शीर्ष चार खेल हुने भएका छन् ।

सिजनको अन्तिम दिन शीर्ष चारभित्र रहन र रेलिगेशनबाट बच्न रोमाञ्चक प्रतिस्पर्धा हुने भएको हो । कोरोना भाइरस संक्रमणका कारण सिजन पूरा हुनेमा शंका थियो । तर, ४० दिनको बीचमा बाँकी ९२ खेल आज आज सकिँदैछ ।

लिगको अन्तिम चरणका खेलमा शीर्ष चारमा पर्न तीन टीमको प्रतिस्पर्धा हुँदैछ भने रेलिगेशनबाट बच्न पनि तीन टीमबीच प्रतिस्पर्धा हुँदैछ । उपाधि विजेता लिभरपुल र साविक विजेता म्यानचेस्टर सिटीले अर्को सिजन च्याम्पियन्स लिगमा स्थान पक्का गरिसकेको छ ।

बाँकी दुई स्थानका लागि चेल्सी, म्यानचेस्टर युनाइटेड र लेस्टर सिटीबीच आज रोमाञ्चक प्रतिस्पर्धा हुँदैछ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार