सुनको मुल्य फेरी बढ्यो

२०७७ श्रावण ११ आइतबार, काठमाडौं । आज पनि सुनको मुल्य बढेको छ । सुन साताको पहिलो दिन आज (आइतबार) प्रतितोला ५ सयले बढेको हो । गत शुक्रबार एकैदिन १ हजार ३ सय रुपैयाँले बढेको छापावाल सुन आज (आइतबार) प्रतितोला ९६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुनको भाउ आज पनि तोलाको ९५ हजार ८ सय ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । तेजाबी सुन शुक्रबार ९५ हजार ३ सय ६५ मा किनबेच भएको थियो । चाँदीको भाउ भने स्थिर रहेको छ । चाँदी गत शुक्रबार ५ रुपैयाँले बढेर १ हजार १ सय ५५ रुपैयाँ पुगेकोमा आइतबार पनि सोही मूल्यमा करोबार भइरहेको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार