बाख्रा चराउन गएका बालिका पोखरीमा मृत भेटिए

२०७७ श्रावण ११ आइतबार, जनकपुर । सर्लाहीमा बाख्रा चराउन गएका दुई बालिका पोखरीमा मृत भेटिएका छन् । जिल्लाको ईश्वरपुर नगरपालिकामा उनीहरु मृत अवस्थामा फेला परेका हुन् ।

ईश्वरपुर नगरपालिका १४ हरकठवा बस्ने रामपृत महतोको १३ वर्षीया छोरी अन्जली कुमारी महतो र सोही ठाउँका आनन्द महतोकी १० वर्षीया छोरी आरती कुमारी महतो मृत फेला परेका हुन् ।

उनीहरु शनिबार बिहान १० बजेतिर बाख्रा चराउन गएका थिए । साँझसम्म दुवै घर नफर्किएपछि आफन्तहरुले खोजी गर्ने क्रममा स्थानीय प्रकाश महतोले खन्दै गरेको पोखरीमा दुवै जनाको शव फेला परेको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिनुभयो ।

दुवै बालिकाको कपडा र चप्पल पोखरी छेउमा भेटिएको उहाँले बताउनुभयो । घटनाको अनुसन्धान सुरु गरेको प्रवक्ता कुँवरले बताउनुभयो ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार