२०७७ श्रावण ११ आइतबार, एजन्सी । छिमेकी मुलुक भारतको भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ७०५ जनाको मृत्यु भएको छ ।
योसँगै भारतमा कुल मृत्यु हुनेको संख्या ३२ हजार नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या ३२ हजार ६३ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ४८ हजार ६६१ जना संक्रमित पुष्टि भएको छ । योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या १३ लाख नाघेको छ । भारतमा कुल संक्रमित १३ लाख ८५ हजार ५२२ पुगेको छ ।
यसका साथै भारत धेरै संक्रमित हुने देशको सुचीमा अमेरिका, ब्राजिलपछि तेस्रो स्थानमा रहेको छ ।
त्यस्तै भारतमा अहिलेसम्म ८ लाख ८५ हजार ५७७ जना ठिक भएका छन् भने ४ लाख ६७ हजार ८८२ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् ।
त्यस्तै भारतमा अहिलेसम्म कुल एक करोड ६२ लाख ९१ हजार ३३१ नमुना परिक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा ४ लाख ४२ हजार २६३ नमुना परिक्षण गरिएको छ ।
ट्रेन्डिङ
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’