कोरोना कहरबीच टेक्ससमा आँधी, सतर्क रहन आग्रह

२०७७ श्रावण ११ आइतबार, एजेन्सी । अमेरिकाको टेक्सस राज्यमा आँधीका कारण आपतकालिन सेवाहरु अवरुद्ध हुन सक्ने भन्दै सतर्क रहन आग्रह गरिएको छ।  ‘हान्ना’  नाम दिइएको आँधी १४५ किलोमिटर प्रति घण्टाको गतिमा टेक्ससमा पुगेको बीबीसीले जनाएको छ।

आँधीका कारण कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न संकटकालिन अवस्थामा काम प्रदान भइरहेको सेवाहरु प्रभावित हुन सक्ने बताइएको छ। टेक्सस अमेरिकामा कोरोनाबाट धेरै प्रभावित हुने राज्य हो। यहाँ ३ लाखभन्दा बढी मानिसमा कोरोना संक्रमण देखिएको छ भने ४ हजारभन्दा बढीको मृत्यु भइसकेको छ। त्यसैले आँधीका कारण कोरोना नियन्त्रण र रोकथामका लागि गरिएका प्रयासहरुमा समस्या उत्पन्न हुन सक्ने बताइएको हो।

आँधीका कारण धेरैजनाको घरहरुमा क्षति पुगेको छ। हाउस्टनमा आँधीले धेरै प्रभाव पार्न सक्ने भएकाले सर्वसाधरणहरुलाई सर्तक रहन आग्रह गरिएको छ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार