२०७७ श्रावण ११ आइतबार, काठमाडौं । संगीतकार अर्जुन पोखरेल र निर्देशक विधान कार्की पछिल्लो समय मिलेको टिमअपमा ‘आँखामा बसाउ मलाई’ बोलको गीत सार्वजनिक भएकाे छ । यो समुहले लकडाउन अवधिमा सामाजिक दुरी कायम गरेर करिव ४ वटा म्यूजिक भिडियो सार्बजनिक गरिसकेका छन् ।
कार्की र पोखरेलको टिमले युवा पुस्ताका गायक गायिकालाई गीत सँगै अभिनय पनि गराइरहेका छन् । युवा पुस्ताको रोजाइका गीत संगीत सिर्जना गर्न माहिर मानिने संगीतकार पोखरेल र माया प्रेमको भावमा भिडियो बनाउन सिपालु रहेका निर्देशक कार्कीले निर्देशन गरेको ‘आँखामा बसाउ मलाई’ बोलको गीतको भिडियो शुक्रबार सार्बजनिक भएको छ ।
द डिभाइन म्यूजिकको प्रस्तुति र नेप्सीने कम्पनिकोे निर्माणमा तयार भएको भिडियोमा अहिले चलेका युवा गायक–गायिका किरण भुजेल र अस्मिता अधिकारीले गायन सँगै अभिनय समेत गरेका छन् । माया प्रेमको भाव प्रस्तुत भएको भिडियो फिल्मीसैलिको बनेको छ । नेपाल आइडलमा टप फाइभ प्रतिस्पर्धि भुजेल र पछिल्लो समय पाश्र्व गायनमा अव्वल हुँदै आएकी गायिका अधिकारीको जोडी यो भिडियोमा राम्रो जमेको छ । यिनै गायक गायिकाको अभिनयलाई निर्देशक कार्कीले निखरता बनाएका छन् ।
यो भिडियोसम्म आइपुग्दा संगीतकार पोखरेल र निर्देशक कार्कीको टिमअप सफल देखिन्छ । युवा पुस्तालाई मनपर्ने खालको भिडियो बनाउन माहिर मानिने निर्देशक कार्कीले भिडियोलाई राम्रो बनाउन कुनै कसर बाँकि नराखेको बताउँछन् । निर्देशक कार्की भन्छन्; गायक गायिकालाई उनीहरुकै भावमा सहजरुपमा प्लेगर्न सफल भएको छु । द डिभाइन म्यूजिकको युट्युव च्यानलमार्फत सार्बजनिक गरिएको यस गीतलाई शब्द संगीत र संगीत संयोजन अर्जुन पोखरेलले गरेका छन् ।
उत्सव दाहालले छायंकन गरेको भिडियोलाई विकाश दाहालले सम्पादन गरेका हुन् । यस अघि यहि टिमले बनाएको मैले बोलेको छैन ढाँटेर गीतको भिडियोले दर्शक श्रोताको मन जित्न सफल भएको छ ।
भिडियो लिंक
ट्रेन्डिङ
शाहिद : जाे सय फिल्ममा रिजेक्ट भएका थिए
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’