लगातार नवौं पटक युभेन्टस बन्यो च्याम्पियन

२०७७ श्रावण १२ साेमबार, एजेन्सी ।  इटालियन सिरी ए को उपाधि युभेन्टसले जितेको छ । गएराती युभेन्टसले साम्पडोरियालाई २-० गोल अन्तरले पराजित गर्दै सिरी ए को उपाधि जितेको हो ।

युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डो र फेड्रिको बेर्नार्ड़ेसचीले एक एक गोल गरेका थिए । त्यस्तै यस खेलमा साम्पडोरियाका मोर्टेन थोर्स्बीले खेलको ७७ मिनेटमा दोहोरो पहेलो कार्ड पाएपछि रातो कार्ड पाउदै मैदान छोड्दा साम्पडोरिया १० खेलाडीमा सिमित भएको थियो ।

त्यस्तै रोनाल्डोले यस खेलमा खेलको ८९औ मिनेटमा पाएको पेनाल्टी मिस गरेका थिए । रोनाल्डोले योसहित यस सिजनको लिगमा ३१ गोल गरेका छन् ।

यो जितपछि ३६ खेलमा ८३ अंक हासिल गर्दै युभेन्टसले सिरी ए उपाधि जितेको हो । त्यस्तै दोस्रो स्थानमा रहेको इन्टर मिलानको ३६ खेलपछि ७६ अंक रहेको छ । साम्पडोरियाको भने ३६ खेलपछि ४१ अंक छ र लिगको १५औ स्थानमा रहेको छ ।

योसँगै युभेन्टसले लगातार नवौ पटक इटालियन सिरी ए को उपाधि जितेको छ ।

युभेन्टसले अहिलेसम्म सबैभन्दा बढी ३६औ पटक सिरी ए को उपाधि जितेको छ भने २१ पटक उपविजेता बनेको छ ।

युभेन्टसपछि धेरै सिरी ए उपाधि जित्ने क्लब एसी मिलान र इन्टर मिलान हुन्, जसले १८-१८ पटक सिरी ए उपाधि जितेका छन् ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार