पछिल्लो २४ घण्टामा ब्राजिलमा ५५५ जनाको मृत्यु

२०७७ श्रावण १२ साेमबार, एजेन्सी । अहिले कोरोना महामारीको केन्द्रविन्दु बनेको ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८७ हजार नाघेको छ ।

ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा ब्राजिलमा ५५५ जनाको मृत्यु भएको छ । योसँगै ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८७ हजार ५२ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा ब्राजिलमा २४ हजार ५७८ जना संक्रमित भएका छन् । योसँगै ब्राजिलमा कुल संक्रमितको संख्या २४ लाख नाघेको छ । अहिलेसम्म २४ लाख १९ हजार ९१ जना संक्रमित भएका छन् ।

त्यस्तै ब्राजिलमा अहिलेसम्म १६ लाख ३४ हजार २७४ जना ठिक भएका छन् भने अहिले ६ लाख ९८ हजार ५७५ सक्रिय कोरोना संक्रमित रहेका छन् । त्यस्तै अहिले ८ हजार ३१८ जनाले आइसीयुमा उपचार गराइरहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

ब्राजिलमा गत फेब्रुअरी २६ मा कोरोना संक्रमणको पहिलो केस पुष्टि भएको थियो ।

आम जनता हुदै ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारो समेत यस भाइरसको चपेटामा आइसकेका छन् । उनलाई यहि जुलाई ७ मा कोरोना पुष्टि भएकोमा पछिल्लो पटक चौथो टेस्ट रिपोर्ट निगेटिभ आएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार