पर्सा का थप १८ जनामा कोरोना संक्रमण पुष्टी

२०७७ श्रावण १२ साेमबार, काठमाडौं । पर्सामा थप १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। अस्पतालका कर्मचारी, स्वस्थ्यकर्मी, कन्ट्याक्ट ट्रेसिङमा परेका , क्वारेन्टाइनमा बसेका र स्वचेच्छाले पैसा तिरेर पीसीआर जाँच गराएका गरि १८ जनामा संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेसु डाक्टर मदन कुमार उपाध्यायले जानकारी दिनुभयो ।

उहाँका अनुसार पर्साको पर्सागढी नगरपालिकाको बढ्निहारस्थित क्वारेन्टाइनमा खटिएका ५ स्वास्थ्यकर्मी र त्यहाँ बसेका १ सर्वसाधरण गरी ६ जनामा पनि संक्रमण पुष्टि भएको हो। संक्रमण भेटिएका ५ स्वास्थ्यकर्मीमध्ये २ जना महिला स्वास्थ्यकर्मी छन् । पर्सा जिल्लामा संक्रमितको संख्या २५९ पुगेको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार