वर्ल्डकप सुपर लिग आयोजना गर्ने आईसीसीको घोषणा

२०७७ श्रावण १२ साेमबार, एजेन्सी । अन्तर्राष्टिय क्रिकेट परिषद् (आईसीसी)ले पुरुष क्रिकेट वल्र्डकप सुपर लिग आयोजना गर्ने भएको छ । आईसीसीले आज (सोमबार) बेलायतको साउथहेम्टनमा यही जुलाई ३० देखि सुपर लिग गर्ने घोषणा गरेको हो ।

उक्त लिगमा एक दिवसीय क्रिकेटका पूर्ण सदस्य १२ टोलीसहित नेदरल्याण्डले पनि खेल्ने छ । नेदरल्याण्ड आईसीसी विश्व क्रिकेट सुपर लिग २०१५–०१७ जितेर क्वालिफाइ भएको थियो । १३ टोलीले सुपर लिगको तीन खेलको म्याच शृंखलामा प्रत्येक टोलीले चारवटा होम र चारवटा अवे खेल खेल्न पाउने छन् । सुपर लिगमा पहिलो खेलमा इङल्याण्ड र आयरल्याण्ड खेल्नेछन् ।

आईसीसीले जनाए अनुसार सुपर लिगका शीर्ष सात टोलीले २०२३ मा भारतमा हुने विश्वकप क्रिकेटमा सहभागी हुनेछन् । अन्य खेलको तालिका छलफल गरेर छिट्टै सार्वजनिक गरिने छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार