क्वारेन्टाइनमा बसेका युवकद्वारा आत्महत्या

२०७७ श्रावण १२ साेमबार, बर्दिया । क्वारेन्टाइनमा बसेका एक जना युवकले आज आत्महत्या गरेका छन् ।

बर्दियाको ठाकुरबाबा नगरपालिकाको क्वारेन्टाइनमा बसेका एक युवकले आइतबार राति आत्महत्या गरेको बर्दिया प्रहरीले बताएको छ । इलाका प्रहरी कार्यालय भुरिगाउँका अनुसार अछाम बन्निगढी गाउँपालिका घर भइ ठाकुरबाबा-४ सैनवारमा आफन्त कहाँ आएका रामबहादुर साउँदलाई आफन्तले घरमा बस्न नदिए पछि उनी दुई दिन प्रतिक्षालयमा सुतेको भएपनि  पछि उनलाई क्वारेन्टाईनमा राखिएको थियो ।

 क्वारेन्टाइन पछाडिको रूखमा आफूले बिच्छाएको तन्नाको पासो लगाएर आत्महत्या गरेको ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख घननारायण श्रेष्ठले बताए । उनी मानसिक रोगि समेत भएको आशंका गरिएको श्रेष्ठले बताए ।

तीन दिनदेखि ठाकुरबाबा नगरपालिकाको क्वारेन्टाईनमा बस्दै आएका साउदले नगरपालिकाको क्वारेन्टाइन बाहिर रहेको रूखमा झुण्डिएर आत्महत्या गरेका हुन् ।

युवक करिव ६ दिन पहिला भारतको राजस्थानबाट हिँडेका युवक पश्चिम कैलाली हुँदै ठाकुरबाबामा आफन्त कहाँ आएका थिए । आफन्तले घरमा बस्न नदिएर क्वारेन्टाइनमा बस्नु पर्ने भन्दै प्रहरीलाई खबर गरेपछि युवकलाई प्रहरीले ३ दिन अघि क्वारेन्टाइनमा लगेको थियो ।

जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका कोरोना फोकल पर्सन कृष्णगोपाल चौधरीले उनको आइतबार दिउँसो पीसीआर परीक्षणका लागि स्वाब संकलन गरि भेरी अस्पताल नेपालगन्जमा स्वाब परीक्षणका लागि पठाएकाले साँझसम्म रिपोर्ट आउने बताए ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार