कौडा खेलिरहेका २३ जना पक्राउ

पाँचथरमा कौडा खेलिरहेका २३ जना पक्राउ परेका छन् ।

फिदिम नगरपालिका-१ स्थित द्वारिका थाम्सुहाङको घरमा कौडा खेलिरहेको अवस्थामा २२ पुरुष र १ महिला पक्राउ परेका हुन् । उनीहरुको साथबाट नगद दुई लाख ४७ हजार ९४५ रुपैयाँ र कौडा १७ थान बरामद भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार