२०७७ श्रावण १३ मङ्गलबार, काठमाडौं । पिएसजीका फ्रेन्च फरवार्ड किलियन एम्बाप्पे तीन साताका लागि मैदान बाहिर भएका छन् । पिएसजीले एम्बाप्पेको एन्कल इन्जुरी भएको र उनी ठिक हुन कम्तिमा तीन साता लाग्ने बताएको छ ।
योसंगै एम्बाप्पेले इटालियन क्लब एटलान्टाविरुद्धको च्याम्पियन्स लिगको क्वाटरफाइनल खेल गुमाउने भएका छन् । पिएसजीले एटलान्टासँग अगस्त १२ मा खेल्दै छ ।
एम्बाप्पे गत शुक्रबार कोपा डे फ्रान्सको फाइनल खेलमा सेन्ट एटीनविरुद्धको खेलमा घाइते भएका थिए । सो खेल पिएसजीले १-० ले जित्दै कोपा डे फ्रान्सको उपाधि जितेको थियो ।
एम्बाप्पे अब पिएसजी सेमिफाइनलमा पुगेमा मात्र यस सिजनको च्याम्पियन्स लिगका लागि उपलब्ध हुने छन् । त्यस्तै एम्बाप्पेले लियोनसँग हुने कोपा डी ला लिगा फाइनलको खेल समेत गुमाएका छन् । यो खेल जुलाई ३१ मा हुदै छ ।
एम्बाप्पेले यस सिजनमा पिएसजीका लागि ३४ खेल खेल्दै कुल ३० गोल र १८ गोल असिस्ट गरेका छन् । जसमा च्याम्पियन्स लिगका ७ खेलमा ५ गोल र ५ असिस्ट पनि समावेश छन् ।
ट्रेन्डिङ
ओलीका काम कारबाहीलाई मान्यता नदिन संसदलाई प्रचण्ड माधव-पक्षको आग्रह
कमल थापाले बाबुरामलाई प्रधानमन्त्रीको प्रस्ताव गरेपछि…
प्रचण्ड–माधव समूहले ग¥यो नेम्वाङसहित ओली समूहका ७ नेतालाई कारबाही
फेरि बढ्यो पेट्रोलियमको मूल्य, यस्तो छ नयाँ दर
‘निर्वाचन आयाेगवाला सेटिङ्ग पनि भत्किँदैछ’