२४ घण्टामा भारतमा कोरोनाबाट ६५४ को मृत्यु

२०७७ श्रावण १३ मङ्गलबार, एजेन्सी । छिमेकी मुलुक भारतको भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ६५४ जनाको मृत्यु भएको छ ।

भारतमा कुल मृत्यु हुनेको संख्या ३३ हजार नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या ३३ हजार ४२५ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ४७ हजार ७०४ जना संक्रमित पुष्टि भएको छ । योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या १४ लाख नाघेको छ । भारतमा कुल संक्रमित १४ लाख ८३ हजार १५७ पुगेको छ ।

भारतमा अहिलेसम्म ९ लाख ५२ हजार ७४४ जना ठिक भएका छन् भने ४ लाख ९६ हजार ९८८ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् ।

भारतमा अहिलेसम्म कुल एक करोड ७३ लाख २१ हजार ८०३ नमुना परिक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा ५ लाख १५ हजार नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार