विप्लव समूहका इञ्चार्जसहित पाँचजना पक्राउ

२०७७ श्रावण १३ मङ्गलबार, चितवन । चितवनबाट प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका पाँच जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चितवन जिल्ला इन्चार्ज लालबहादुर विसी, दलित मुक्ति मोर्चाका केन्द्रीय महासचिव रामलाल विक, होमबहादुर खड्का, भीमबहादुर श्रेष्ठ र दानबहादुर श्रेष्ठ छन् । पक्राउ परेकाहरुमाथि अनुसन्धान जारी रहेको वागमती प्रदेश प्रहरी प्रमुख डीआईजी वसन्तकुमार लामाले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार