नेकपाकाे स्थायी कमिटि बैठक अनिश्चितकालका लागि स्थगित

२०७७ श्रावण १३ मङ्गलबार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित भएको छ।

बिहान ११ बजे बस्ने भनिएको बैठक शीर्ष नेतहरुबीच सहमति नजुटेपछि अनिश्चितकालका लागि स्थगित भएको हो ।

अर्काे सूचना नआएसम्मका लागि बैठक स्थगित भएको सूचना आएको स्थायी कमिटि सदस्य बेदुराम भुषालले जानकारी दिए ।

बैठक स्थगित भएको सूचना स्थायी कमिटि सदस्यहरुलाई पठाइएको छ। केही नेताहरु बालुवाटार जाँदै गर्दा बैठक स्थगित भएको सूचना आएपछि अलमलमा परेका छन् ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार