२०७७ श्रावण १३ मङ्गलबार, काठमाडौं । गायक एपी शेर्पाले आफ्नो नयाँ राष्ट्रिय गीत ” बीर गोर्खाली ” म्युजिक भिडियो सहित आफ्नै युट्युब च्यानल “एपी शेर्पा ” मार्फत सार्वजनिक गरेका छन् ।
नयाँ देशभक्ति गीत ‘वीर गोर्खाली’मा वरिष्ठ गायक तथा संगीतकार दीप श्रेष्ठको सङ्गीत, गीतकार टेक तामाङको शब्द रहेको छ I
भिडियोमा गायक शेर्पा संगै प्रशान्त तामांग , सिम्रन श्रेष्ठ ,सन्ध्या तुम्बाहाम्फे , देवान राई , देछेन शेर्पा , याङ्गछिन् शेर्पा लगायतका कलाकारहरुले अभिनय गरेका छन् । भिडियोमा वरिष्ठ गायक दीप श्रेष्ठलाई पनि देख्न सकिन्छ । भिडियोको निर्देशन पनि गायक शेर्पाले नै गरेका हुन् । सम्पादन सूर्य लामाको र छायांकन भुपेन्द्र तुम्बाहाङ्फेले गरेका छन् ।
कोरोना भाइरसको महामारीले देश लकडाउनमै रहेका बेला भारतले नेपालको सीमा मिचेको विषय बहसमा आयो । त्यसपछि नेपालले नयाँ नक्सासमेत सार्वजनिक गर्यो । देशको सीमा मिचिएको यही समयमा यहि परिवेशमा एउटा देशभक्ति गीत तयार गर्ने इच्छा जागेपछि लकडाउन भएका बेला गृहनगर धरानमै रहेका वरिष्ठ गायक दीप श्रेष्ठलाई सङ्गीत गर्न अनुरोध गरि यो गीत तयार भएको गायक एपी शेर्पा बताउंछन् । उक्त गीतको रेकर्डदेखि भिडियो निर्माणसम्म लकडाउनकै बेला भएको हो ।
यसअघि पनि गायक ‘गरौं सङ्कल्प’ बोलको राष्ट्रिय भावको गीत सार्वजनिक भएको थियो । उक्त गीत जस्तै यस गीतले पनि दर्शक -श्रोताहरुको राम्रै साथ-सहयोग पाउने कुरा मा आफु ढुक्क रहेको गायक एपी शेर्पा बताउंछन् I
म्युजिक भिडियो लिंक :
ट्रेन्डिङ
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’