वामदेवकाे पार्टी विग्रह तत्काल रोक्न दुई अध्यक्षलाई ६ बुँदे प्रस्ताव

२०७७ श्रावण १३ मङ्गलबार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का उपाध्यक्ष बामदेव गौतमले पार्टी विग्रह तत्काल राेक्नका लागि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड समक्ष ६ बुँदे प्रस्ताव पेश गरेका छन् ।

प्रम ओली एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यस कार्यकालकाे बाँकी अवधिभर प्रधानमन्त्रीकाे जिम्मेवारीमा रहने उनकाे प्रस्तावमा उल्लेख छ ।

अर्का अध्यक्ष दाहाल एकता महाधिवेशनसम्म सम्पूर्ण कार्यकारी अधिकारसहित अध्यक्षको जिम्मेवारीमा पनि उनले प्रस्ताव गरेका छन् । अबदेखि पार्टीका बैठकहरू पार्टी कार्यालयमै गर्ने पनि उनकाे प्रस्ताव छ ।

यस्ता छन् वामदेव गाैतमका ६ प्रस्तावः

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार