अमेरिकी निर्वाचनको पहिलो ‘प्रेसिडेन्सियल डिबेट’ २९ सेम्टेम्बरमा

२०७७ श्रावण १३ मङ्गलबार, एजेन्सी । अमेरिकी राष्ट्रपति निर्वाचनका लागि दुई उम्मेदवार राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रेटिक उम्मेदवार जोय बाइडेनबीचको डिबेटको मिति तोकिएको छ । आगामी नोभेम्बर ३ मा हुने राष्ट्रपति निर्वाचन अघि दुई उम्मेदवार बीच कुल ३ डिबेट हुने बताइएको छ ।

दुवै उम्मेदवारबीच पहिलो डिबेट २९ सेम्टेम्बरमा ओहायोमा हुने भएको छ । यस अघि इण्डियानामा हुने भनिएको भएपनि कोरोना महामारीका कारण पहिलो डिबेट ओहायो सारिएको अमेरिकी मिडियाहरुले बताएका छन् । त्यस्तै दोस्रो डिबेट मियामीमा अक्टोबर १५ मा हुने छ भने तेस्रो डिबेट अक्टोबर २२ मा नाशभिल्लेमा हुने भएको छ ।

दोस्रो कार्यकालका लागि लडिरहेका राष्ट्रपति ट्रम्पलाई बाइडेनले कडा टक्कर दिने विश्वास गरिएको छ । अहिले भइरहेका विभिन्न पोलहरुमा बाइडेन अगाडी देखिएका छन् । कोरोना महामारीले अमेरिका संकटमा परेपछि ट्रम्पको लोकप्रियता झन् घटेको बताइएको छ ।

हालै सार्वजनिक भएको वाशिंगटन पोष्ट- एबिसी न्यूजको पोलमा ट्रम्पभन्दा बाइडेन १५ अंकले अगाडी रहेको बताइएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार