२०७७ श्रावण १३ मङ्गलबार, काठमाडौं । गायिका इन्दिरा भट्टराईको स्वर तथा सङ्गीत रहेको नयाँ तीज गीत ‘नाचौं गाऔं रमाऔं’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतको रचना बिनोद बन्जाराले गरेका हुन् । महिला जागरण समुहको सहयोगमा तयार भएको यो गीतको म्युजिक भिडियो युट्युब मार्फत सार्वजनिक गरिएको हो । हरेक वर्षको तीजमा नयाँ तीज गीत ल्याउने गायिका भट्टराईले यस वर्ष परदेशमा रहेर पनि निरन्तरता दिएकी छिन् ।
सुमन कुमार श्रेष्ठले निर्देशन गरेको यस गीतको म्युजिक भिडियोलाई राजु केसी तथा सूर्य महर्जनले छायाँकन गरेका हुन् । गीतको भिडियोमा अभिनेत्री नीतु कोइरालाको अभिनय देख्न सकिन्छ । तेजस्वी कला केन्द्र एण्ड मिडियाले यसमा विशेष सहयोग गरेको छ ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
शाहिद : जाे सय फिल्ममा रिजेक्ट भएका थिए
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’