२०७७ श्रावण १३ मङ्गलबार, काठमाडौं । परदेशी भुमीमा रहेर पनी नेपाली मौलिक लोक गीत संगीतको विकाशमा अनवरत रुपमा खटिएकी गायिका शिवा केसी र गायक प्रकाश कडेँलले यसपालीको तिजमा चुलबुले बैँश नामक गीत बजारमा ल्याएका छन ।
मायालु जोडिको प्रेमको प्रसङगलाई गीतमा समेटिएको छ । आफनी प्रेमीकाको मायामा निकै आकर्षित भएको कुरा गीतमा गरिएको छ । मौलिक बाजाको साथमा निकै रमाइलो तरिकाबाट गीत तयार पारिएको कारणले आम लोक पारखी श्रोताले मन पराउनेमा आफु आशावादी रहेको गायिका शिवाले बताइन । अर्जुन सुवेदीको शब्द सिर्जना तथा सुरज पुनको लय सिर्जना गीतमा रहेको छ ।
दुर्गा पौडेलको छायाँकन , नविन धर्ति मगरको सम्पादन तथा शंकर विसीको निर्देशन भिडियोमा रहेको छ । चुलबुले बैँश गीतको भिडियोमा महेन्द्र गौत्तम , अनिता बस्नेत र रविना भण्डारीको नृत्य रहेको छ ।
”चुलबुले बैँश” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
ट्रेन्डिङ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक
मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक
महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो