प्रहरीले बरामद गरेको १५ किलो सुनमध्ये आधा किलो मात्र सक्कली

२०७७ श्रावण १३ मङ्गलबार, काठमाडौं । काठमाडौंको दरबारमार्गबाट प्रहरीले बरामद गरेको १५ किलो सुनमध्ये आधा किलो मात्र सक्कली भएको पाइएको छ । प्रहरीका अनुसार बरामद गरिएको सुनमध्ये साढे १४ किलो नक्कली भएको पाइएको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले सुन परीक्षण गर्दा नक्कली पाइएको जानकारी दिनुभयो ।

आज प्रहरीले शंकास्पद व्यक्तिको पिछा गर्दै जाँदा सुनजस्तै देखिने १५ किलो वस्तु र दुई पेस्तोल बरामद गरेको थियो । प्रहरीले पिछा गरेको थाहा पाएपछि तस्करहरु झोला छोडेर भागेको प्रहरीले बताएको थियो ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार