सीपीएल टी २० को खेल तालिका सार्वजनिक

२०७७ श्रावण १३ मङ्गलबार, एजेन्सी । कोरोना कहरका बीच हुन लागेको क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी २० क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । आयोजकले सोमबार खेल तालिका सार्वजनिक गरेको हो । नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले खेल्ने सीपीएल आठौं संस्करणको सीपीएल अगस्ट १८ देखि ट्रिनिडाड एण्ड टोबागोमा हुनेछ ।

६ टिम सहभागि प्रतियोगिताको उद्घाटन खेलमा दुई पूर्व विजेता ट्रिनबागो नाइट राइडर्स र गुएना अमेजन वारिवर्स आमने सामने हुनेछन्। यस्तै सोही दिन साविक विजेता बार्बेडोस ट्राइडेन्ट्सले र सेन्ट किट्स एण्ड नेभिस प्याट्रीओट्ससँग खेल्नेछ । प्रतियोगिता अन्तर्गतको फाइनल खेल सेप्टम्बर १० मा हुनेछ ।

नेपाली खेलाडी लामेछाने यससिजन जमैका तल्लावाजबाट खेल्ने छन् । जमैकाले सन्दीपलाई ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो । तर, सन्दीप यसपटक सीपीएल खेल्न जाने वा नजाने निर्णय भइसकेको छैन । कोरोना महामारी र लकडाउनका कारण हवाई उडान नहुँदा सन्दीपले खेल्ने,नखेल्ने बारे अझै अन्योल रहेको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार