नेप्सेमा सात अंकको गिरावट

२०७७ श्रावण १३ मङ्गलबार, काठमाडौं । आज शेयर बजार फेरी घटेको छ । हिजो २ अंकले घटेको बजार आज फेरी ७.५९ अंकले घटेको हो । ०.५२ प्रतिशतले घट्दा परिसूचक १४५४.८९ अंकमा झरेको छ ।

आज १ सय ८५ कम्पनीका ३२ लाख ४७ हजार ६८ कित्ता शेयर किनबेच हुँदा १ अर्ब २५ करोड ९७ लाख ५१ हजार ५ सय ५७ रुपियाँको कारोबार भएको छ ।

आज वित्त र म्युचुअल फण्ड समूह बढेका छन् । भने बाँकी सबै समूह राताम्मे भएका छन् । आज नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी कारोबार भएको छ ।

नेपाल पुनर्बीमाको १० करोड ३५ लाख ७६ हजार १ सय ५९ रुपियाँ बराबरको शेयर किनबेच भएको हो । त्यसैगरी नेपाल लाइफ इन्स्योरेन्सको ९ करोड ८९ लाख २८ हजार ९ सय ८ रुपियाँ कारोबार भएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार