कार्यालय र कर्मचारीहरुलाई सुरक्षा उपाय अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

२०७७ श्रावण १३ मङ्गलबार, काठमाडौं । कोरोना संक्रमणदर बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक कार्यालय र कर्मचारीहरुलाई स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन आग्रह गरेको छ । लकडाउन सकिए पनि कोरोना भाइरस संक्रमणको जोखिम यथावत् रहेको भन्दै मन्त्रालयले सतर्क रहन आग्रह गरेको हो ।

मन्त्रालयको आज (मंगलबार)को कोभिड १९ प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले कार्यालय छिर्नुअघि कर्मचारीहरुको अनिवार्य तापक्रम जाँच, मास्क लगाउन, स्यानीटाइजर प्रयोग, रुघाखोकी लागेको र ज्वरो आएका कर्मचारीलाई घरमै आराम गर्न लगाउने जस्ता सुरक्षाका उपाय अपनाउन अनुरोध गरेका हुन् ।

कोरोना संक्रमणको जोखिमबाट बचाउन भन्दै चैत ११ देखि जारी गरेको लकडाउन यही ६ गते मंगलबार मध्यराति अन्त्य गरिएको थियो । तर एकाएक कोरोनाका संक्रमितहरुको संख्या बढेपछि सरकारले अब नयाँ रणनिति तय गर्ने बुझिएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार