नापोलीमाथि इन्टर मिलानको सहज जित

२०७७ श्रावण १४ बुधबार, एजेन्सी । गएराती सम्पन्न  इटालियन सिरी ए खेलमा इन्टर मिलानले नापोलीलाई २-० गोल अन्तरले पराजित गरेको छ ।  इन्टरको जितमा लाउतारो मार्टिनेज र डानीलो डीएम्ब्रोसियोले एक एक गोल गरेका थिए ।

यो जितपछि इन्टर मिलान ३७ खेलमा ७९ नाकसहित दोस्रो स्थानमा रहेको छ ।  अब इन्टरले सिरी ए को अन्तिम खेल अहिले तेस्रो स्थानमा रहेको एटलान्टासँग शनिबार खेल्ने छ ।  एटलान्टाको ३७ खेलमा ७८ अंक रहेको छ ।

यस सिजनको सिरी ए को उपाधि भने युभेन्टसले सिरी ए का दुई खेल अगाडी नै जितेको छ ।  युभेन्टसको ३६ खेलमा ८३ अंक रहेको छ ।

त्यस्तै नापोलीको भने ३७ खेलमा ५९ अंक छ भने लिगको सातौ स्थानमा रहेको छ ।  नापोलीले आफ्नो अन्तिम खेल लाजियोसँग खेल्दै छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार