पहिरोले पुरिँदा दुईको मृत्यु

२०७७ श्रावण १४ बुधबार, दाङ । दाङमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ ।

अविरल वर्षाका कारण घरमाथिबाट आएको पहिरोले पुरिँदा बङ्गलाचुली गाउँपालिका–५ साकिने निवासी २६ वर्षीया  बाटुली नेपाली र उहाँका दुई वर्षीया  छोरी आयुश्मा नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

गए राति ३ बजेतिर घरमाथिको कान्ला भत्केर आधा घर पुरिँदा उनीहरुको मृत्यु भएको हो । घरमा परिवारका अन्य सदस्य रहेको भए पनि आधा मात्रै घर पुरिएकाले अन्य सदस्य भने सकुशल रहेको प्रहरीले बताएको छ ।

यस विषयमा थप विवरण आउन बाँकी छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार