कालिकोट पहिरोमा बेपत्ता ९ जनाको शव फेला

२०७७ श्रावण १४ बुधबार, काठमाडौं । कालिकोटको नरहरिनाथ गाउँपालिकामा गएको पहिरोमा परी बेपत्ता नाै जनाको शव फेला परेको छ ।

गंगे बुढाको घर पहिरोले पुरिँदा सात जना बेपत्ता भएको र चार जना झ्यालबाट हाम फालेर बचेको प्रमुख जिल्ला अधिकारी चन्द्र प्रसाद गैरेले जानकारी दिए ।

बेपत्ता हुनेमा ६२ वर्षीय गंगे बुढा, उनकी श्रीमती ६१ वर्षीया नैनी बुढा, २४ वर्षीया बुहारी कुश्मा बुढा, १० वर्षीया नातिनी चन्द्रिका बुढा, ७ वर्षीय नाति राम बुढा र १८ महिने नाति चरित्र बुढा रहेको पनि अधिकारी गैलेले बताए । यस्तै एकजना भने घाइते भएको अवस्थामा भेटिएको र उद्धारका लागि हेलिकोप्टर झिकाउँदै झिकाउँदै मृत्यु भएको थियो ।

सोमबार राति गएको पहिरोमा परी कालिकोटकै रास्कोट नगरपालिका १ बडुवाल तोलामा ४ जनाको मृत्यु भएको थियो । रास्कोट नगरपालिका १ बडुवाल तोलामा रहेको जयबहादुर शाहीको घर पुरिँदा उनीसहित ३ जनाको मृत्यु भएको थियो ।

सोही पहिरोमा बेपत्ता भएका २ जनाको शव अझै पनि भेटिएको छैन ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार