२०७७ श्रावण १४ बुधबार, काठमाडौं । केजीएफ ‘च्याप्टर टु’ को फस्ट लुक सार्वजनिक गरिएको छ। रकिङ स्टार यश (नविन कुमार गौडा) अभिनित फिल्म ‘केजीएफ च्याप्टर वान’ को दोस्रो संस्करण यही वर्षको अक्टोबरका लागि तय भएको छ। तर, कोरोना संक्रमणका कारण प्रदर्शन मितिमा केही हेरफेर हुन सक्छ।
पहिलो संस्करण सुपर हिट भएपछि ‘च्याप्टर टु’ यस वर्षको बहुप्रतिक्षित फिल्म रहेको भारतीय मिडियाले जनाएको छ। यससँगै यस फिल्ममा संजय दत्त ‘अधिरा’ को भूमिकामा देखिनेछन्। दत्तको जन्मदिनको अवसरमा आज उनी अभिनित पात्रको फस्ट लुक सार्वजनिक गरिएको हो।
संजयले ट्वीटर मार्फत केजीएफको टीमसँग काम गर्न पाएकोमा खुशी व्यक्त गर्दै सबैलाई धन्यवाद व्यक्त गरेका छन्।
फिल्ममा खलनायकको भूमिकामा देखिन लागेका दत्तको तस्विरलाई दर्शकहरुले निकै मन पराएको बताइएको छ। कनड्डा भाषामा निर्माण हुने फिल्म हिन्दी,तमिल, मलायालम र तेलेगु भाषामा डब गरिनेछ।
ट्रेन्डिङ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक
मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक
महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो