चिनमा फेरी देखियाे काेराेना

जेठ ३२,२०७७ एजेन्सी । चिनको राजधानी बेइजिङमा ५० दिन पछि पहिलो कोरोना भाइरसको सङक्रमित भेटिए पछि कडा लकडाउन गरिएको छ । यो प्रकोप शहरको सबैभन्दा ठूलो थोक बजारसँग जोडिएको छ।

सिनफादी बजारमा ५१७ जनामध्ये ४५ जनाको परीक्षणमा कोभिड १९ को आरडिटि सकारात्मक भएको जिल्ला अधिकारीले जनाए।
सिनफादि बजार आसपासका ११ वटा नजिकैको स्थानमा लकडाउन लागू गरिएको छ । थोक बजारका १०,००० कर्मचारीहरूको आरडिटि परिक्षण गरिने अधिकारीहरुले बताएका छन् ।

बजारका साथसाथै जिल्लामा बसोबास गर्ने मानिससँग पनि सम्पर्क रहेका सबैको आरडिटि परिक्षण गरिने जनाइएको छ ।

“जनता र स्वास्थ्यको सुरक्षालाई पहिलो स्थानमा राख्ने सिद्धान्तका आधारमा हामीले सिनफादी बजार र वरपरका छिमेकीहरूका लागि लकडाउन गर्ने उपाय अपनाएका छौं,“ जिल्ला अधिकारी चु जुनवेईले भने । जिल्ला एक “आपातकालीन समय” मा छ, उनले थपे। सैन्य पुलिसहरू अहिले बन्द भएको क्षेत्रमा प्रवेश गरीसकेकाका छन्। नजिकका यातायात लिंकहरू र स्कूलहरू बन्द गरिएका छन्।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार